नियम ४oक
मुद्दामा रहने मार्गसमूह:
(१ )अदालतमा दायर हुने मुद्दाको कारबाहीमा सरल मार्गसमूह सामान्य मार्गसमूह र विशेष मार्गसमूह रहने छन्‌। तर पुनरावेदनको कारबाहीमा सरल मार्गसमूह र सामान्य मार्गसमूह रहनेछन्‌। (५) पहिलो संशोधनद्वारा थप। श्र (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बन्दीप्रत्यक्षीकरणको निवेदन अन्तरकालीन आदेश उपर परेका निवेदन सो सम्बन्धी प्रतिवेदन विशेष प्रकृतिका निवेदन तथा अन्य फुटकर निवेदनलाई मार्गसमूहमा राखी कारबाही गर्नुपर्ने छैन।

(३) यस नियमावली बमोजिम मार्गसमूह निर्धारणका आधारहरू सर्वोच्च अदालतले बनाई लागू गर्ने निर्देशिका वा दिग्दर्शनमा उल्लेख भएबमोजिम हुनेछ।

(४) प्रचलित कानूनको अधीनमा रही सामान्यतः सरल मार्गसमूहका मुद्दा छ महिना, सामान्य मार्गसमूहका मुद्दा एक वर्ष र विशेष मार्गसमूहका मुद्दा एक वर्ष छ महिनाभित्र कारबाही र किनारा गर्नुपर्नेछ ।

तर कुनै मार्गसमूहमा रहेको मुद्दामा सो समय अगावै अङ्ग पुन्याई कारबाही र किनारा गर्न बाधा पुगेको मानिने छैन।

(५)कुनै एक मार्गसमूहबाट कारबाही र किनारा हुनुपर्ने मुद्दा अर्को मार्गसमूहमा राखी कारबाही र किनारा गरेको कारणबाट मात्र त्यस्तो कामकारबाही बदर हुनेछैन।